काठमाडौं, १३ फागुन । राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । सो बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने एक नेताले जानकारी दिए ।
हिजो (शुक्रबार) बालुवाटारमा कांग्रेससहित ८ दलले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेपछि राप्रपा सरकार छोड्ने निश्कर्ष पुगेको हो । पुष १० गते एमाले, राप्रपासहितका दलका समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, दुई महिना नबित्दै प्रचण्ड सत्ता समिकरण बदल्ने निश्कर्षमा पुगेका हुन् ।