Logo

सरकारलाई दिएको समर्थन नै फिर्ता लिने तयारीमा एमाले



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) सरकारबाट बाहिरिनेमात्रै नभएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ । पार्टी कार्यालय च्यालसमा सुरु भएको सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारी दिने वा नदिनेबारे निर्णय लिनुको साथै सरकारबाट आजै बाहिरिने निर्णय लिने तयारी छ ।

एमाले सचिव पद्यमा अर्यालले एमाले सरकारबाट बाहिरिने लगभग निश्चित् भैसकेको र आजको सचिवालयले बैठकले सो निर्णय लिने जानकारी दिईन् । राष्ट्रपतिको निर्वाचनको लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

राष्ट्रपतिमा कांग्रेस, माओवादीसहित ८ दलले कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै वर्तमान सत्ता समिकरणमा फेरबदल आउने भएको हो । एमालेले पुष १० गते नै राष्ट्रपति आफ्नो दलले पाउने सहमति भएको दाबी गर्दै आएको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डले एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग नगर्ने अडान लिएको र हिजोमात्रै कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेकोले एमालेसहित बनेको ७ दलीय गठबन्धन भत्किन पुगेको हो । file photo



प्रतिक्रिया दिनुहोस्