काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रपतिको लागि पार्टीले अघि सारेका सुवासचन्द्र नेम्वाङले जित्ने दाबी गरेका छन् । उनले राष्ट्रपतिमा प्रस्तावित नेम्वाङलाई बधाई दिँदै जित्नेबारे दाबी गरेका हुन् ।
उनले फेशबुकमा लेखेका छन्–‘सुवास नेम्बाङ राष्ट्रपती उम्मेदवार । बधाई छ सुवास दाई । जितिन्छ ।’ एमालेको आज विहान बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई अघि सार्ने निर्णय गरेको हो । एमालेले राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीको पनि क्रस भोटको अपेक्षा गरेको छ ।