Logo

ओलीको प्रश्न : चिया खान बोलाको जति सबै भोट गनिन्छ ?



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलका उम्मेदवारले जित्ने दाबी गरेका छन् । पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूसँगको भेटमा ‘मलाई के-के पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ, तर, उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग एकिन नै छ ।’

एमालेले ढिलो गर्यो ? उतापटि ६२ प्रतिशत मतभार पुगिसक्यो पनि भनिएको छ नि ? भनेर सोधिएको प्रश्नमा ओलीले भने–”कसले भन्यो ? कसले गनेछ ? दल गनेको कि भोट गनेको ? आठ दलको कहाँ समर्थन थियो ? आठ दल बोलाको थियो, चिया खान बोलाको जति सबै भोट गनिन्छ ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot