Logo

राष्ट्रपति निर्वाचन– उम्मेदवार पराजित भए सांसद पद के हुन्छ ?



काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ताका लागि आज समय तोकिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका आठ दलले रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् भने नेकपा (एमाले) ले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । पौडेल–नेम्वाङ दुवै संघीय सांसद हुन् । राष्ट्रपति निर्वाचनमा एक जना पराजित हुने निश्चित छ । यस्तो अवस्थामा पराजित हुने उम्मेदवारको सांसद पद के हुन्छ भन्ने धेरैको चासो रहेको छ । यस्तो अवस्थामा उम्मेदवार पराजित भएपनि सांसद पद यथावत रहने संवैधानिक व्यवस्था रहेको छ ।

नेपालको संविधानको धारा ६२ (६) को व्यवस्था अनुसार राष्ट्रपतिमा निर्वाचित भएपछि मात्रै राजनीतिक पदमा वहाल रहेका व्यक्तिको पद स्वतः खारेज हुनेछ । ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ,’– संविधानको धारा ६२ (६) मा भनिएको छ ।

यस आधारमा निर्वाचित उम्मेदवारले राष्ट्रपतिमा निर्वाचित भएपछि मात्रै सांसद पदबाट राजीनामा दिनेछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot