Logo

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्न सुवास नेम्वाङ पुगे संसद् भवन, ओलीसहित को–को छन् ?



काठमाडौं, १३ फागुन । राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउन एमाले नेताहरु संसद् भवनस्थित् निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेम्वाङले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली पनि साथमै छन् । सांसदहरु रघुवीर महासेठ, जुलीकुमारी महतो, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पृथ्बीसुब्बा गुरुङ, दामोदर भण्डारीलगायत छन् ।

ओलीको प्रश्न : आठ दल गनेको कि भोट गनेको ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलका उम्मेदवारले जित्ने दाबी गरेका छन् । पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूसँगको भेटमा ‘मलाई के के पर्यो, दबाब पर्यो ? भनिराख्नुभएको छ, तर, उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग एकिन नै छ ।’

एमालेले ढिलो गर्यो ? उतापटि ६२ प्रतिशत मतभार पुगिसक्यो पनि भनिएको छ नि ? भनेर सोधिएको प्रश्नमा ओलीले भने–कसले भन्यो ? कसले गनेछ ? दल गनेको कि भोट गनेको ? आठ दलको कहाँ समर्थन थियो ? आठ दल बोलाको थियो, चिया खान बोलाको जति सबै भोट गनिन्छ ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot