काठमाडौं, १३ फागुन । राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् । राप्रपाले आजमात्रै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो निर्णयअनुसार नै राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।
शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।