Logo

भावी राष्ट्रपति भन्दै सुवास नेम्वाङलाई सूर्य थापाको अग्रिम शुभकामना



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले सुवासचन्द्र नेम्वाङलाई भावी राष्ट्रपतिको रुपमा चित्रण गरेका छन् । उनले नेम्वाङसँगको तस्विर सेयर गर्दै विजयको अग्रिम शुभकामना दिएका हुन् ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । आज उम्मेदवारी दर्ता थियो । एमालेको तर्फबाट राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् ।

थापाले फेशुबकमा लेखेका छन्-मुलुकको भावी राष्ट्रपति आदरणीय सुवासचन्द्र नेम्वाङलाई फागुन २५ गते विजयको अग्रिम शुभकामना !



प्रतिक्रिया दिनुहोस्

Screenshot