Logo

ओली जेल बस्दाको पुरानी साथी हुनुहुन्छ : नेता पौडेल



काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू जेल बस्दासँगै जेल बसेको साथी भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन्।

आज संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिका लागि मनोनयदर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले एमाले अध्यक्ष ओली पहिला जेल बस्दा सँगै जेल बसेको पुरानो साथी भएको र राष्ट्रपति निर्वाचनमा आफूलाई सहयोग गर्ने बताएका थिए।

उनले भने, ‘एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु। मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म कोसिस रहन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot