काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालबाट धेरै छिटो विश्वाघात भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री दाहाल अरूकै लागि ‘कम्फर्टेवल’ बनेको पनि आरोप लगाएका छन् ।
उनले आफूहरुले प्रचण्डलाई पाँच दलको गठबन्धनबाट हात समातेर वा घिसारेर बाहिर ननिकालेको स्मरण गराएका छन् । बालुवाटारबाट पुष १० गते अपमानजनक रुपमा निकालिएपछि विश्वास र समझदारीको आधारमा आफूहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाएको पनि उनको भनाई थियो ।
रिजालले फेशुबकमा लेखेका छन्-
हामीले पुष्पकमल दाहाललाई पॉच दलको गठबन्धनबाट हात समातेर वा घिसारेर बाहिर निकालेका थिएनौं । पुस १० गते बालुवाटारबाट अपमानजनक रूपमा निकालिएपछि आफूभन्दा निकै कम संख्या भए पनि विश्वास र समझदारीका आधारमा प्रधानमन्त्री बनाएका थियौं । यति छिटै विश्वासघात होला, अरूकै लागि ‘कम्फर्टेवल’ बन्नुहोला र अलिकति पनि लोकलाजको ख्याल नगर्नुहोला भन्ने अनुमान गर्न नसक्नु हाम्रो कमजोरी थिएन ।