Logo

गोरखा जाँदै प्रधानमन्त्री दाहाल



काठमाडौं, फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन्।

प्रधानमन्त्री दाहाल गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुनेछन्।

दाहाल दिलबहादुर रम्तेलको स्मृति सभामा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाट गर्न पालुङटार जाने भएका छन्। गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot