Logo

राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे निर्णय लिन रास्वपाको बैठक बस्दै



काठमाडौं, १४ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनबारे निर्णय लिनको लागि पार्टीको बैठक बोलाएको छ । अहिले उक्त पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको हो । राष्ट्रपतिको चुनावमा कसलाई सहयोग गर्ने भन्नेबारे निर्णय लिईने एक नेताले जानकारी दिए ।

हिजोमात्रै राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेलले रास्वपाका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा लामिछानेले पार्टीको बैठक राखेर निर्णय लिने वचन दिएका थिए ।

रास्वपाले पुष १० गतेको सहमतिअनुसार एमालेलाई राष्ट्रपति दिने सहमति गरिसकेको छ । एमालेबाट राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्