Logo

माधव नेपाललक्षित झलनाथको टिप्पणी : सत्ताका लागि ढोका ढकढकाएर हिँड्ने प्रवृत्तिमा म छैन



काठमाडौं, १४ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकतामा जोड दिएका छन् । उनले हालै अध्यक्ष माधव नेपालले कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलहरुसँग सहकार्य गर्नेगरि गठबन्धन बनाएको भोलिपल्टै खनालले यस्तो टिप्पणी गरेका हुन् । उनले मुख्य दलहरू शक्ति आर्जनका लागि र्‍याल काढेर हिँडेको पनि आरोप लगाए ।

उनले आफू भने सत्ताका लागि ढोका ढकढकाएर हिँड्ने प्रवृत्तिमा नभएको जिकिर गरे । नेता खनालले सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा भएमा मात्र परिवर्तन हुनसक्ने धारणा राखेका हुन् । खनालले पार्टीका नीति, सिद्धान्त र लक्ष्य मिलेमा जुनसुकै दलसँगपनि एकीकरण गर्न तयार रहेको बताए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्