Logo

रास्वपा केन्द्रीय समिति बैठक आज



काठमाडौं, फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । राष्ट्रपतिको निर्वाचनमा रास्वपा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन। केन्द्रीय समिति बैठकमा रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। रास्वपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिए पनि अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot