Logo

एमाले सचिवालय बैठक जारी



काठमाडौं, १५ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा केहीबेरअघि सुरु भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा हुने बताइएको छ । परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोकेपछि एमाले थप आक्रोशित बनेको छ ।

आजको बैठकमा त्यस सन्दर्भमा पछि विशेष छलफल हुने बताइएको छ । साथै, राष्ट्रपति निर्वाचनका बारेमा पनि आजको सचिवालय बैठकले आवश्यक रणनीति तय गर्ने बताइएको छ । एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot