Logo

पपुवा न्युगिनीले दियो नेपाललाई २ सय ४ रनको लक्ष्य



काठमाडौं, १५ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनी(पीएनजी)सँग खेलिरहेको नेपालले २ सय ४ रनको लक्ष्य पाएको छ।

युएईमा जारी सिरिजमा नेपालले टस जितेर पीएनजीलाई पहिला ब्याटिङको निम्तो दिएको थियो।

पीएनजीले नेपाललाई ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन जोड्यो। पीएनजीका लागि कप्तान असाद भालाले ५३ बलमा ३६ रन जोड्दा किप्लिन डोरीगाले ५९ बलमा २९ रन जोडे।

यस्तै, चाड सोपरले ५३ बलमा ३६ रन जोडे।

पीएनजीलाई २ सय ३ रनमा समेट्नका लागि नेपालका गुल्सन झाले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिए।

यस्तै, सोमपाल कामी, करन केसी र प्रतिस जीसीले समान १/१ विकेट लिए।

photo by CAN



प्रतिक्रिया दिनुहोस्