Logo

वेस्टइन्डिविरुद्ध नेपालको चौथो विकेट पतन, लोकेश पनि आउट



काठमाडौं,१९ वैशाख । टी-२० सिरिजअन्तर्गत वेस्टइन्डिजले दिएको विशाल लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।

खेलको १० ओभरको अन्तिम बलमा गुडाकेश मोतीको बलमा लोकेस बम आउट भएका हुन् । लोकेश २८ रनमा बोल्ड आउट भएका छन् । उनले २९ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

ताजा अवस्थामा नेपालले ११ ओभरमा ४ विकेट गुमाएर ९३ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot