काठमाडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुनेगरि गृहकार्यमा जुटेको छ । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको पछिल्लो भेटवार्तामा पार्टी सरकारमा सहभागी हुन तयार रहेको बताएका थिए ।
नेकपा (एस) ले सरकारमा सहभागी हुनका लागि गृहमन्त्रालयमा दाबी गरेको छ। अध्यक्ष माधवकुमार नेपालले नै प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग यसबारेमा जानकारी गराइसकेका छन् । माधव नेपालले आफ्नो पार्टीबाट राजेन्द्र प्रसाद पाण्डेलाई गृहमन्त्री बनाएर सरकारको नेतृत्व गर्न पठाउने तयारी थालेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले २ वटा मन्त्रालय पाउने सम्भावना छ । अध्यक्ष माधवकुमार नेपालले भने आठ दलीय गठबन्धनबाट संसद्को पाँच वर्षको कार्यकालमा एक वर्ष सरकारको नेतृत्व गर्ने समझदारी छ । प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै मन्त्रिपरिष्द पूनर्गठनको तयारी गरेका छन् ।
आज साँझ कांग्रेस सभापति देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग पनि छलफल हुँदैछ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौं उपत्यका बाहिर भएकोले उनीसँग भने भोलिमात्रै छलफल हुने बालुवाटारले जनाएको छ । जसपाले तीन मन्त्रालय पाउने सम्भावना छ । file photo