काठमाडौं, फागुन १६ । नेपाल विद्यार्थी संघ (नेविसंघ) कन्द्रिय कार्यसमितिद्वारा आयोजित लुम्बिनी प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम भव्य र सभ्यका साथ सम्पन्न भएको छ ।
‘प्रतिष्ठित नेविसंघका लागि प्रशिक्षित नेतृत्व’ भन्ने मुलनाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका सह महामन्त्री किशोर सिंह राठौर, सह महामन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरी, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमर सिंह पुन, प्रदेश कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु र नेपाली काङ्ग्रेस दाङका जिल्ला सभापति,लुम्बिनी प्रदेश अन्तर्गतका नेवि संघ जिल्ला अध्यक्षहरु लगायतको उपस्थित रहेको थियो ।
स्वतन्त्र विद्यार्थी यनियन निर्वाचन २०७९ बारे प्रशिक्षण दिइएको उक्त प्रशिक्षणले नेवि संघलाई गतिशिल वैचारिक तथा कर्मशिल बनाउन साथै आसन्न स्ववियु निर्वाचनमा कलम र मसाल अन्कित झण्डालाई लुम्बिनी प्रदेशमा विजयी बनाउन संगठनलाई उर्जा र हौसला पु¥याएको छ ।
यसअघि सोहि प्रकारको प्रशिक्षण कार्यक्रम सुदूरपश्चिम प्रदेशको कैलालीमा सम्पन्न भईसकेको छ । प्र्रशिक्षण कार्यक्रम सबै प्रदेशमा आयाजना हुने नेवि संघ केन्द्रिय कमिटिले जनाएको छ ।