Logo

प्रभु साहको पार्टीलाई राजनीतिक दलको मान्यता



काठमाडौं, फागुन १६ । निर्वाचन आयोगले स्वतन्त्र सांसद प्रभु साहको ‘आम जनता पार्टी’ लाई राजनीतिक दलको मान्यता दिएको छ। सोमबार आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका शाखा अधिकृत नवराज विष्टले एक सूचनामार्फत संघीय संसद् सचिवालयलाई स्वतन्त्र सांसद साहको दललाई मान्यता दिएको जानकारी गराए।

आयोगले संसद् सचिवालयलाई पत्र पठाउँदै २०७८ सालको पुस ३० मा दर्ता भएको ‘वैज्ञानिक समाजवादी पार्टी’को हाल नाम परिवर्तन भएर ‘आम जनता पार्टी’भएको उल्लेख गरिएको थियो। सो पार्टीको अध्यक्षमा प्रभु साह रहेको उल्लेख गरिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्