Logo

एमाले नेतृत्वको प्रदेश सरकार धरापमा



काठमाडौं, फागुन १६ । एमालेको नेतृत्वमा रहेका सबै प्रदेश सरकार धरापमा परेका छन्। प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सरकार धरापमा परेका हुन्। राष्ट्रपति निर्वाचनलाई लिएर सात दलीय गठबन्धन भत्किएपछि र संघीय सरकारबाट एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिएपछि एमाले नेतृत्वका तीनवटै प्रदेश सरकार धरापमा परेका हुन्।

सोमबार बिहान सचिवालय बैठकबाट निर्णय गरेर एमाले सरकारबाट बाहिरिएको थियो। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। राप्रपाले पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको आकस्मिक बैठक डाकेर संघ र प्रदेश सरकारबाट बाहिरिएको थियो। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनअघि संघीय सरकार नछाड्ने निर्णय गरेको एमाले सोमबारबाटै सरकारबाट बाहिरिएपछि प्रदेश सरकारमा एमालेलाई समर्थन गरेको माओवादीले पनि समर्थन फिर्ता लिने संकत गरेको छ। एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्