Logo

आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोटः आज नेपाल मलेसियासँग खेल्दै



काठमाडौं, फागुन १६ । युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज मंगलवार मलेसियासँग खेल्दैछ ।

नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट शुरु हुनेछ । नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ ।

पहिलो खेलमा नेपालले शुक्रवार सिंगापुरलाई , दोस्रो खेलमा शनिवार कुवेतलाई र तेस्रो खेलमा सोमवार हङकङलाई पराजित गरेको थियो ।

मलेसियाले भने चौथो खेलमा दोस्रो जितको खोजिमा रहेको छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot