Logo

नेपालको राजनीति क्षणमै नाटकीय ढंगले परिवर्तन भैरहन्छ : निवर्तमान परराष्ट्रमन्त्री पौड्याल (भिडिओसहित)



काठमाडौं, १६ फागुन । निवर्तमान परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आफू मानवअधिकार परिषद्को ५२औं महासभामा भाग लिनको लागि जान तयारी गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण रोकेको गुनासो पोखिन् । उक्त भ्रमणमा जानको लागि आफ्नो नेतृत्वमा भ्रमण प्रतिनिधिमण्डल तयार भएको उनको भनाई छ ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमति कार्यान्वयन नभएको कारण आफूहरु सरकारबाट बाहिरिएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुले फागुन २५ गतेसम्म सरकारमै रहेर काम गर्न चाहेको खुलासा गरिन् ।

आफूले जेनेभामा गएर मानवअधिकारबारे डिफेन्ड गर्न चाहेको भएपनि त्यसमा अवरोध भएको उनको भनाई छ । उनले नेपालको राजनीतिक अवस्था तरल अवस्थामा रहेको सुनाईन् । उनले आफूहरुले राष्ट्रपतिको निर्वाचनसम्म माओवादीसँग फेरि सहकार्य हुन्छ कि भनेर पर्ख र हेरको रणनीति अख्तियार गरेको सुनाईन् ।

उनले आफूहरु बेईज्जतिपूर्ण तवरले सरकारमा नबसेको पनि स्पष्ट पारिन् । उनले आफूलाई जेनेभा जानबाट आफूलाई रोकेर अपरिपक्वता देखाएको आरोप लगाईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot