Logo

कति पुग्यो आज विदेशी मुद्राको विनिमयदर ?



काठमाडौं, फागुन १६ । नेपाल राष्ट्र बैँकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ६९ पैसा र बिक्री दर १४० रूपैयाँ ३२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ४४ पैसा र बिक्री दर १५९ रूपैयाँ १६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्