Logo

केपी ओलीले राष्ट्रपतिको निर्वाचनमा माधव नेपाललाई उत्तानो टाङ लाउने षड्यन्त्र गरेको विरोध खतिवडाको खुलासा (भिडिओसहित)



काठमाडौं, १६ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री विरोध खतिवडाले एमाले नेतृत्वको गठबन्धन भत्काउनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन विधिसम्मत रहेको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपतिको निर्वाचनको कार्यतालिका धेरै अघि नै सार्वजनिक भएको उल्लेख गर्दै एमालेले निर्वाचनको लागि उम्मेदवारी दिने दुई दिनअघिमात्रै आफूहरुसँग सहकार्यको प्रस्ताव गरेको उनको भनाई छ । अलिक अगाडि नै एमालेले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई तपाईँ राष्ट्रपति बन्नुहोस भनेर प्रस्ताव गरेको भए त्यसमा ईमानदारिता देखिनेथियो भन्ने उनको टिप्पणी छ।

खतिवडाले एमाले नेतृत्वलाई बेईमानीको पोकाको संज्ञा दिए । प्रचण्डले केपी ओलीलाई लात हानेपछि मात्रै ओलीले माधव नेपालसँग राष्ट्रपति भैदिनुहोस भनेर अनुरोध गरेको उनको आरोप छ । उनले अब केपी ओलीले माधव नेपाललाई नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष होईनन् भनेर भन्न नपाउने बताए । उनले भने,‘यदि भनेपनि उनी नै आलोचनाको पात्र बन्छन् ।’

खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राष्ट्रपति एमालेलाई दिन सक्दिनँ भनेपछि मात्रै रन्थिनिएर माधव नेपालसँग भेटेको खुलासा गरे । उनले राष्ट्रपतिको निर्वाचनमा माधव नेपाललाई अघि सारेर ओलीले षड्यन्त्र गर्न खोजेको पनि आरोप लगाए । उनले राष्ट्रपतिको निर्वाचनमा २०÷२५ जना माननीयलाई माधव नेपालको पक्षमा मत हाल्न नलाउनेगरि षड्यन्त्र गरेको सुनाए



प्रतिक्रिया दिनुहोस्

Screenshot