काठमाडौं, १६ फागुन । पूर्वराज ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन्। उनी सोमबार पत्नी कोमल शाहसहित परिवारका सदस्यसँग भारत भ्रमणमा गएका हुन्।
प्रजातन्त्र दिवसको अवसरमा दलहरुलाई मिलेर जान प्रस्ताव गरेपछि चर्चामा रहेका शाहको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यस्तै, व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको कार्यक्रममा झापामा देखिएका शाहलाई आज उनै प्रसाईंले नागरिकका रुपमा आफ्नो आन्दोलनमा आउन आग्रहसमेत गरेका छन्।
त्यस्तै, राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रलेपनि आजै उनलाई भेटेको तस्बिर समाजिक संजालमा राखेका थिए।
पछिल्लो समय सलबलाएका पूर्वराजाको यो भ्रमणलाई अर्थपुर्णरुपमा हेरिएको हो।