Logo

म्यानपावर व्यवसायीसँगको झडपमा तारा बराल घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै



काठमाडौं, फागुन १७ । वैदेशिक रोजगार विभागमा म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताबीच कुटाकुट भएको छ । दुई पक्षबीच झपड हुँदा सामाजिक अभियान्ता तारा बरालसहित केही व्यक्ति घाइते भएका छन् ।

झडपपछि प्रहरीले बरालसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी बरालको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बराललगायतको समूह वैदेशिक रोजगारीमा ठगिएका पक्षमा नाराबाजी गर्दै मंगलबार विभागमा पुगेका थिए । त्यही क्रममा मेनवपावर व्यववसायीहरुले उनीहरुमाथि कुटपिट गरेका हुन् । संयौंको संख्यामा विभागमा पुगेका अभियान्ताहरु र म्यानपावर व्यवसायीहरुबीच विवाद भएको थियो । त्यसपछि झपडको अवस्थामा पुगेको हो ।

झडपपछि आफूमाथि निर्घात कुटपिट गरिएको बरालले बताएकी छन् । प्रहरीको उपस्थितिमै बरालमाथि हेलमेटले प्रहार भएको थियो । त्यही क्रममा उनको टाउकोमा चोट लागेको छ ।

बाबा म्यानपावरले कम्बोडियो पठाउने भनेर केही व्यक्तिहरुलाई ठगी गरेको आरोप पीडितहरुको छ । विभागमा छलफलपछि म्यानपावर व्यवसायीले पैसा फिर्ता दिने सहमति भएको थियो । तर, तीन महिनादेखि कुरेर बस्दा पनि आफ्नो पैसा फिर्ता नपाएको भन्दै पीडितहरु विभागमा पुगेका थिए । त्यही बेला म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताहरुबीच विवाद भएको हो ।

विवादको क्रममा म्यानपावर व्यवसायीहरुले बरालसहित युट्युबर तथा पीडितहरुमाथि कुटपिट गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot