Logo

प्रदेश १ को नाम ‘कोशी’ राख्नेबारे आज संसदमा प्रस्ताव पेश हुँदै



काठमाडौं, फागुन १७ । प्रदेश १ को संसद बैठकमा आज नामाकरणको प्रस्ताव पेश हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेश हुन लागेको हो ।

यसअघि नामबारे जातीय पहिचानका आधारमा राख्ने कि नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित थिए । अहिले पनि केही दल कोशी नाममा सहमत छैनन् । प्रदेश १ को पहिलो संसद्ले स्थायी राजधानी विराटनगर टुंगो लगाएको भए पनि नामाकरण हुन सकेको थिएन ।

 



प्रतिक्रिया दिनुहोस्