काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।
गौतमलाई भेट्न ओली आज गौतमको निवास भैँसेपाटी पुगेका थिए।
भेटमा ओलीले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेद्वार सुवास नेम्वाङका लागि भोट मागेको र पार्टी एकता गर्नपनि आग्रह गरेको बुझिएको छ।
नेकपा विभाजनपछि ओली पहिलोपटक गौतम निवास पुगेका हुन्।
राष्ट्रपति निर्वाचनमा एमालेले माओवादी र एकीकृत समाजवादीसँग नेम्वाङलाई निर्वाचित गराउन मत मागेका छन्।
राष्ट्रपतिको निर्वाचनलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल एकअर्कादेखि रुष्ट रहेका छनभने माओवादी अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्माबीच पनि खटपट देखिएको छ।