Logo

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर



काठमाडौं, फागुन १८ । सरकारले ५५ जना उपसचिवको सरुवा गरेपछि अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव सरुवा गरेको भोलिपल्ट बुधबार २७ जना उपसचिवहरू सरुवा गरेको हो । मन्त्रालयले मंगलबार राति २८ जना उपसचिव सरुवा गरेको निर्णय सार्वजनिक गरेको थियो । ५५ जनाकै सूची बुधबार एकै साथ प्रकाशित गरेको गरिएको थियो ।

मन्त्रालयको जगेडामा राखिएका उपसचिवहरूलाई स्थानीय तहमा पठाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अतिरिक्त सेवामा रहेकालाई प्रोत्साहन र मनोबल वृद्धि गर्न सरुवा गरिएको बताए । मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सोसरहको पदमा बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा कामकाजमा खटाएका हो । यस क्रममा ३९ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ ।

मन्त्रालयले नयाँ पदस्थापना गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा खटाएको थियो । त्यसक्रममा कतिपय स्थानीय तहमा काम गरेको अवधि नपुगेका प्रमुख प्रशासकीय अधिकृतहरूको पनि सरुवा गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot