काठमाडौं, फागुन १८ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ।
लिग टुमा लगातार पाँच खेल जितेको नेपाल उत्कृष्ट लयमा छ। दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुने आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ। शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो।
आजको खेलमा नेपालका लेग स्पीनर सन्दिप लामिछाने पनि खेल्नेछन्। मंगलबार भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो ।
नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतवार युएईसँग खेल्नेछ।