Logo

ड्युटी गर्दागर्दै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु



बैतडी, फागुन १८ । बैतडीमा ड्युटी गर्दागर्दै ढलेका एक प्रहरीको ज्यान गएको छ । अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्यटीकै समयमा मृत्यु भएको हो ।

ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । चौधरी कैलालीका बासिन्दा हुन् । उनको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्