धनकुटा, १८ फागुन । धनकुटामा रहेको प्रदेश सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएको पुरानो समयमा बिहेमा बेहुली बोक्न प्रयोग गरिने परम्परागत काठको डोली । विसं २०३९ मा स्थापित यस सङ्ग्रहालयमा तात्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोसी प्रदेशका १४ जिल्लाका १६ वटा विभिन्न जातजातिका कला संस्कृतिहरु हेर्न पाईन्छ । यहाँ दैनिक न्यूनतम ४० देखि १०० जना सम्म विभिन्न जिल्लाका मानिस अवलोकनका लागि आउने गरेको कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीले जानकारी दिए । रासस