Logo

मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरो होइन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १८ फागुन । नेकपा(माओवादी केन्द्रका) अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो कुरो नभएको बताएका छन्।

८ दलीय गठबन्धनले आयोजना गरेको सांसद् भेला कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो कुरो नभएको बताएका हुन्।

उनले भने, ‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसद्मा केपीजीले हिजो संसद् विघटन गर्नु ठीक थियो भन्नुभयो। हामी संसद् विघटनको विपक्षमा थियौँ। हामी आफैले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ। संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँ उभिएका छौँ।’



प्रतिक्रिया दिनुहोस्