Logo

नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता



काठमाडौं, फागुन १९। एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकताबारे पनि छलफल गरेका हुन् ।

एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका नेम्वाङका लागि मत माग्दै एमाले नेताहरू बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका थिए ।

गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक पत्र लेख्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए ।

यसअघि ओलीले राष्ट्रपतिमा नेपाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । पछिल्लो समय एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीसँग सहकार्य मात्रै नभई पार्टी एकताका लागिसमेत पहल थालेका छन् । ओलीको सो पहललाई एकीकृत समाजवादीका नेताले सकारात्मकरूपमा लिँदै छलफलका लागि ‘ढोका’ खुलेको टिप्पणी गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot