Logo

आठ वर्षपछि नेपाल विश्वकपमा



काठमाडौं, फागुन १९ । दीपेश कँडेलको ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल घरेलु टोली युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै आठ वर्षपछि यु–१९ विश्वकपका लागि छनोट भएको छ।

आइसिसी यु–१९ विश्वकप एसिया छनोटको लिगका ५ खेलमा अपराजित रहेको नेपालले १० अंक जोड्दै विश्वकपको टिकट काट्दा दोस्रो स्थानको युएईको समान खेलमा ८ अंक रह्यो।

तेस्रो स्थानको सिंगापुरको ६ र चौथो स्थानको हङकङको ४ अंक रह्यो। पाँचांै स्थानको मलेसियाको २ अंक रह्यो भने छैटौं स्थानको कुवेतले अंक खाता खोल्न सकेन। विजयी नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ ९क्यान० ले जनही १ लाख रूपैयाँ दिने घोषणा गरेको छ।

यु–१९ विश्वकप सन् २०२४ मा श्रीलंकाले आयोजना गर्दै छ। नेपालले पछिल्लो पटक सन् २०१६ मा यु–१९ विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार विश्वकप खेले पनि २०१० मा भने छनोट हुन सकेको थिएन।

२०१२ मा पुनः विश्वकपका लागि छनोट भएको नेपाली युवा टोली चार वर्षको अन्तरपछि २०१६ को विश्वकपमा छनोट भएको थियो। त्यहाँ नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसयता भने नेपालले छनोट चरण पार गर्न सकेको थिएन।



प्रतिक्रिया दिनुहोस्

Screenshot