Logo

पल शाह एक हप्तापछि काममा फर्कने, अहिले घरमै आराम गर्ने



काठमाडौं, १९ फागुन । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका नायक पल शाह अहिले घरमै आराम गरिरहेका छन् ।

उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको आराम पछिमात्रै उनी नियमित काममा फर्कने जनाईएको छ ।

शाह गत बुधबार मात्रै काठमाडौँ आइपुगेका हुन् । पललाई लिएर म्युजिक भिडिओ छायांकनको लागि निर्माताहरु सक्रिय भएका छन् ।

उनी पनि म्युजिक भिडिओमार्फत नै काममा फर्कन चाहन्छन् । तत्काल मुभिमा भन्दापनि म्युटिक भिडिओमा केन्द्रित हुने उनको योजना छ । file photo



प्रतिक्रिया दिनुहोस्