Logo

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भेटे प्रधानमन्त्री प्रचण्डलाई, भेटवार्ता सकारात्मक रहेको एमालेको दाबी



काठमाडौं, १९ फागुन । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न नेम्वाङ आज बालुवाटार पुगेका हुन् ।

सो भेटवार्तामा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । नेम्वाङको प्रस्तावप्रति प्रधानमन्त्री दाहाल सकारात्मक रहेको एमाले नेताहरुको दाबी छ । आजमात्रै एमाले नेताहरुले लोसपाका नेताहरुसँग पनि भेटवार्ता गरेका थिए ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेबाट नेम्वाङले उम्मेदवारी दिएका छन् । उता, नेपाली कांग्रेसबाट भने रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ । पौडेललाई राष्ट्रपति बनाउन प्रधानमन्त्री दाहाल आँफैले प्रस्ताव गरेको खुलासा भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot