काठमाडौंं, फागुन २० । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । ब्यावसायी दुर्गा प्रसाईं नेतृत्वको महअभियानले काठमाडौंको बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो ।
पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापावाट सुरु भएको अभियानले बुटबल हुदैँ देशका बिभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।
नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याँजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपील सो अभियानको छ ।