Logo

किसुनजीको १३औं स्मृति दिवसमा यस्तो छ रवीन्द्र मिश्रको श्रद्धाञ्जली



काठमाडौं, २० फागुन । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कृष्णप्रसाद भट्टराईको १३औं स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले फेसबुकमार्फत भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्–

१३औँ स्मृति दिवसमा…
तपाईंजस्तो प्रतिगामी, अनुदार, अराष्ट्रिय, भ्रष्ट, असक्षम, स्वार्थकेन्द्रीत, १४ वर्ष आफूलाई जेल हाल्ने राजा चाहिन्छ भन्ने अबुझ, दरबारको दास, दरबारकै दासताका कारण हतार-हतार एकै वर्षमा देशको इतिहासकै सबैभन्दा झूर २०४७ सालको संविधान ल्याउने, कांग्रेसजस्तो प्रगतिशील पार्टी त्याग्ने नेता १३ वर्षअघि वितेर राम्रै भयो।

अन्यथा, तपाईंलाई अहिलेको बेजोड अग्रगामी माहोलामा बाँच्न धेरै गाह्रो हुने थियो! तपाईंजस्ता ‘अनादर्श’हरूले परिकल्पना गरेभन्दा धेरै फरक र ‘आदर्शवान’ छ अहिलेको समाज। माथिबाट हेर्दै रहनु होला। जे भए पनि, हार्दिक श्रद्धासुमन!



प्रतिक्रिया दिनुहोस्