काठमाडौं, २० फागुन । सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ जनमत पार्टीमा प्रवेश गरेका छन् ।
सर्राफलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र युवा नेता विपी साहले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका हुन् ।
पर्साका सर्राफ मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । उनी लामो समय जनता समाजवादी पार्टीमा बिताए ।
तर प्रदेशसभा सदस्यको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।