Logo

लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो-कमल थापा



हेटौंडा, २० फागुन। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आबरणमा लुटतन्त्र हाबी भएको बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज (शनिबार) आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए ।

अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, वाईडबडी, सार्बजनिक जग्गा अतिक्रमण,सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठुला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो ।

उनले विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएको समेत बताए । राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता ब्यक्त गर्दै थापाले कार्यकर्ताहरुलाई उच्च मनोबल सहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निम्ति सबै एकजुट भएर संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला अध्यक्ष गुरु सापकोटा, राजाराम अर्याल, बद्री कुँवर, मन डिसि, भृगु कार्की लगायतले बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्