Logo

दक्षिणकाली माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज फागुन २१ गतेको राशिफल



आज श्री शाके १९४४ बि.स.२०७९ । फागुन २१ गते आइतबार इश्वी सन २०२३ मार्च ५ तारीख । फागुन शुक्ल पक्ष त्रयोदशी तिथी अश्लेषा नक्षत्र अतिगण्ड योग तैतिल करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा वज्र योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतित रहने योग रहेकोछ । जिवनसाथीको सहयोगमा जटिल कार्य सम्पादीत रहनेछन ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजन तथा दाजुभाईबीचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भाबना छ । आय आर्जनका निम्ति अधिक श्रम तथा यात्रा गर्नुपर्ने समय रहेकोछ । यात्राका क्रममा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भोज÷भतेर तथा सभा÷सम्मेलनजन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय व्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनसगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिलासिताका साधनको प्रयोगले समय व्यतित रहनेछ । व्यपार व्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ्य क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगमा अधुराकार्यहरु पूरा हुनेछन् । अध्यन अध्यापनमा समय मध्यम छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सम्पादनप्रति अरुको दवावको महसुस हुनाले आजको दिन तनाव पूर्ण ब्यतित रहला । स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्च हुन सक्ने देखिएको छ । परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । गैर व्यत्तिहरुको विश्वासमा नपर्नु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनका बिभिन्न श्रोत–साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा व्यवधान आईपर्नेछ । अध्यन–अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरु बढ्नेछन् । बोलिका कारण आफन्त जनहरुसगँ तनाव उत्पन्न हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभा÷सम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन शिलतामा वद्वि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भावना रहेकोछ । मानसिक चञ्चलताले सताउनेछ । भौतिक श्रोत–साधनको प्रयोगमा समय व्यतित रहला । नयाँ कार्य थालनिमा सावधान अपनाउनु होला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका क्रममा सामान्य खर्चको सम्भावना रहेकोछ । तपाइँको कार्यसम्पादनको श्रेय गैर व्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाव उत्पन्न हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्यसम्बन्धी समस्याका कारण सामान्य तनाव उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा विशेष सजग रहनु होला । गैर व्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भावना रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक आलश्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेकोछ । ब्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्वि हुनेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना देखिन्छ । गैर व्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौधिक व्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानीका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय व्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ । स्वास्थ्यमा सामान्य सुधारको योग रहेकोछ ।



प्रतिक्रिया दिनुहोस्