Logo

आज फागुपूर्णिमा, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना



काडमाडौं, फागुन २२। फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालका साथै राजनीतिक दलका शीर्ष नेताहरुले समेत शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले होली पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्ने बताएकी छन् । यस पर्वले मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने उनको भनाई रहेको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले पनि देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको बताएका छन् । होली पर्वले यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्ने उनको भनाई छ ।

सरकारले सोमबार पहाडी भेगमा सार्वजनिक बिदा समेत दिएको छ । तराईमा भने यो पर्व मंगलबार मात्रै मनाउने गरिन्छ । तराईमा भोली सार्वजनिक बिदा दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्