Logo

अब राष्ट्रपति निर्वाचनबारे दलले पक्षधरता देखाउन नपाउने, आचारसंहिता लाग्ने आयोगको भनाई



काठमाडौं, २३ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको लागि आचारसंहिता लागु भएकोले अब पक्षधरता देखाउन नपाउने बताएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसअघि विभिन्न दलले बैठक राखेर कुन उम्मेदवारलाई समर्थन गर्ने भन्नेबारे निर्णय लिन लागेको बेलामा आयोगले यस्तो ध्यानाकार्षण गराएको हो ।

आयोगका पदाधिकारीले भने अब आचारसंहिता लागु भएको कारण कुनै पनि दलले उम्मेदवारको पक्षधरता लिन नपाउने उल्लेख गरेका छन् । आचारसंहिता भने फागुन १७ गतेबाट नै लागु भैसकेको छ । राष्ट्रपतिको लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

पौडेललाई कांग्रेस, माओवादीसहित आठ दलको समर्थन छ । यता, नेम्वाङलाई भने एमालेको मात्रै साथ देखिएको छ । निर्वाचन आचारसंहिता लागु भएको अवस्थामा दलले अब यो वा त्यो उम्मेदवारलाई भोट हाल्छौं भनेर निर्णय गरेर कारबाही गरिने आयोगको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot