Logo

‘प्रचण्डविरुद्ध मुद्दा हाल्दा थ्रेट आयो’



काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दा धम्की आएको मुद्दादर्ता गर्ने समूहका एक ब्यक्तिले बताएका छन्।

नाम नखुलाउने शर्तमा मुद्दा दर्ता गर्ने समूहका एक व्यक्तिले रिपोर्टर्स नेपाललाई भने, ‘प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न खोज्दाखेरि बाट नै धम्की आउथ्यो तर यसपटक भने ज्यान मार्ने धम्की आएको छ, लुकिछिपि ज्यान जोगाउन परेको छ।’

यस्तै, उनले माओवादी केन्द्रका कार्यकर्ता मात्र नभइ कांग्रेस, एकीकृत समाजवादीलगायत दलका कार्यक्रताहरुले पनि धम्की दिएको बताए।

प्रधानमन्त्री दाहालविरुद्ध मंगलबार सर्वोच्च अदालतमा २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्तिका विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने भन्दै मुद्दा दर्ता गरिएको हो।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन्।



प्रतिक्रिया दिनुहोस्