काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अदालतमा रिट दायर गरिएको विषयलाई इमोसनल ब्ल्याकमेलिङको संज्ञा दिएका छन् । उनले यो विषयमा कोहीपनि अनावश्यक रुपमा यो वा त्यो होला भनेर त्रसित नबन्न र खुशी पनि हुन जरुरी नभएको उल्लेख गरेका छन् । उनले उक्त विषयलाई राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि लडाइँको पनि संज्ञा दिएका छन् ।
चौधरीले फेसबुकमा लेखेका छन्-
कमरेड प्रचण्ड बिरूद्द सर्बोच्चमा गरेकाे रिट र हुन सक्ने संभावनाकाे बिषय केवल भ्रमित कुरा मात्रै हाे । तत्कालीन समयमा – संयुक्त राष्ट्र संघकाे राेहबरमा नेपाल सरकार र बिद्राेहि पक्षकाे बिचमा प्रक्रिया मिलाएर टुङ्गोमा पुगेकाे बिषय हाे । हाे केही काम बाँकि छ । याे सरकारकारले टुङ्गोमा पुर्याउने बिषय हाे ।