Logo

सूर्य थापाको कडा टिप्पणी : सबै कांग्रेस शेरबहादुरजस्तो लबस्तरो र लाछी त हुँदारहेनछन् नि



काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले १७ हजार निर्दोष नागरिकको जीवन हरण गरेर १७ वर्षसम्म सत्ताको मोलमोलाई र सुखभोगमा मस्त हुँदै के हेरिरहेको मृत्युका पूजारीरुले भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि र त्यसको विरोधमा विभिन्न ९ दलले संयुक्त विज्ञप्ती जारी गरेको विषयलाई लिएर थापाले कडा टिप्पणी गरेका हुन् ।

थापाले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले पीडितहरु चिराग बोकेर उठेपछि तिमीहरुको सुखको स्वर्गमा डढेला नझोसी अझै मौन साक्षी बस्न सकिरहन्छन् र ? भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्-

१७ हजार निर्दोष नागरिकको जीवन हरण गरेर १७ बर्षसम्म सत्ताको मोलमोलाई र सुखभोगमा मस्त हुँदै के हेरिरहेको/ के गरिरहेको मृत्युका पूजारीहरूले ?
पीडितहरू चिराग बोकेर उठेपछि तिमीहरूको सुखको स्वर्गमा डढेलो नझोसी अझै मौन साक्षी बस्न सकिरहन्छन र ?
अधिवक्ता ज्ञानेन्द्र आरणले आफ्ना निर्दोष बाबुको हत्याको कारण खोजेर न्यायप्राप्तीको संघर्षमा उत्रिदैं बहुत ठीक गरेका छन्।
सबै काङ्ग्रेस शेरबादुरजस्तो लबस्तरो र लाछी त हुँदारहेनछन् नि! प्रधानमन्त्री पुकदाले कोसँग जोडदार माग गरेर रून्चे वक्तव्य जारी गरेको?अब लाज, घिन र शरम त मान नौ दलका सबै भैरेहरू ?



प्रतिक्रिया दिनुहोस्

Screenshot