Logo

विपन्न समुदाय लक्षित अक्षयकोषमा सहयोग



काठमाडौँ, २४ फागुन । अति विपन्न समुदायलाई लक्षित गरेर पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट यहाँका व्यवसायी सूर्य गुरुङले करिब रु पाँच लाख सहयोग गरेका छन् ।बेलायतमा व्यवसाय गर्दै आएका गुरुङले आफ्नो यहाँ सञ्चालित गोर्खा प्यालेस रेष्टुराँ स्थापनाको २४औँ स्थापना दिवसका अवसरमा यस अक्षयकोषमा सहयोग गरेको हो । व्यवसायी गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् ।

बेलायतमा हालै नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको उपस्थितिमा आयोजित एक कार्यक्रममा व्यवसायी गुरुङ उक्त अक्षयकोषका लागि रकम हस्तान्तरण गरेको हो । त्यस अवसरमा राजदूत आचार्यले संसारका जुनसुकै देशमा रहेर व्यवसाय गरेका नेपालीहरुले आफ्नो समाजका लागि यसरी सहयोग गर्नु प्रशंसनीय कार्य हो भने ।

व्यवसायी गुरुङले नेपालमा धेरै क्षेत्रमा सहयोग गरेका समाचार आए पनि विपन्न समुदायका नागरिकलाई खेलकुदका क्षेत्रमा कसैको चासो नदेखेकाले विपन्न समुदाय लक्षित उक्त अक्षयकोषमा आफूले सहयोग गरेको बताए।

नेपालमा विसं २०७२ मा गएको भूकम्पका पीडितलाई सहयोग जुटाउन लण्डनस्थित नेपाली दूतावासले सञ्चालन गरेको सहयोग अभियानमा आर्थिक संयोजक रहेका गुरुङले रु छ करोडभन्दा बढी रकम सङ्कलन गरेको थियो । यसैगरी उनले पोखरा रङ्गशाला स्थापनाका लागि रु ४७ लाख जम्मा गरेको थियो ।

सो अक्षयकोष सञ्चालक समितिका अध्यक्ष दिलबहादुर गुरुङले यस कोषको रकम रु एक करोड पु¥याउने लक्ष्य रहेको जानकारी दिए । त्यस कार्यक्रममा रोशमरो शहरका मेयर तथा उच्चपदस्थ व्यक्तित्व उपस्थिति रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot