Logo

प्रचण्ड एमालेतिरै फर्कने योगेशको दाबी



काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई धोका दिएको टिप्पणी गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न संसद् भवन नयाँ बानेश्वर पुगेका भट्टराईले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले प्रचण्ड पुनः एमालेतिरै फर्किने पनि दाबी गरेका छन् । उनले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने दाबी गरेका हुन् ।

प्रचण्डले सहयात्री दललाई दुःख दिएको पनि भट्टराईको आरोप छ । यसअघि उनले राष्ट्रपतिको निर्वाचनको लागि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएको दिन राष्ट्रपतिमा नेम्वाङले जित्ने दाबी गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्